प्यूठान । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज शनिबार काग तिहार मनाइँदै छ। कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने यस पर्वमा कागलाई यमराजको दूतका रूपमा पूजा गरी मिठा खानेकुरा दिने परम्परा छ।
धार्मिक मान्यताअनुसार कागले यमराजसमक्ष मानिसका खबर पुर्याउने भएकाले आजका दिन कागलाई पूजा गरी खुसी पार्ने चलन रहेको छ। काग घरआँगनमा आएर कराएमा शुभ खबर ल्याएको विश्वाससमेत गरिन्छ।
सूर्योदयकालमा त्रयोदशी तिथि परेकाले आज काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिनुभयो।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार साँझदेखि नै सुरु भएको हो। शुक्रबार धनतेरस र यमदीपदान सुरु भएको थियो।
फोटो: AI


S.K. Creative Media Group