बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–८ शीतल बजारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
यहीँ कार्तिक २३ गते सोमबार बिहान ७ः२५ बजे भे १४ प ८६२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक बाँकेको कोहलपुर नगरपालिका–९ निवासी २० वर्षीय दिक्षित श्रेष्ठ र पछाडि सवार १६ वर्षीय रिदम थापा गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते दुवैलाई नेपालगञ्जस्थित सञ्जीवनी अस्पताल मेडिकल साइन्स कलेजमा प्रारम्भिक उपचार गरिएको थियो । घाइतेको थप उपचारका लागि भारतको लखनउ लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उपचारकै क्रममा कार्तिक २४ गते बिहान ७ बजे चिकित्सकले रिदम थापालाई मृत घोषणा गरेका थिए।
चालक श्रेष्ठको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।


S.K. Creative Media Group