प्यूठान । ऐतिहासिक महत्व बोकेको डल्ले सराँए मेलामा खैरा समुहले उत्कृष्ट स्थान हासिल गरेको छ ।

दित्तिय स्थानमा सापडाँडा समुह र तृतीय स्थनामा पाण्डेडाँडा समुह रहेको छ । उत्कृष्ट प्रतियोगिहरुलाई क्रमशः १ लाख, ७५ हजार र ५० हजारका दरले पुरस्कार बितरण गरिएको थियो । भने सहभागि समहुलाई २० हजारका दरले यातायात खर्च बापत उपलब्ध गराइएको आयोजक समितिले जनाएको छ ।

यस बर्षको सराँए प्रतियोगितामा खैरा, कार्कीडाँडा, थापडाँडा, सारीबांग, पुण्यखोला क्वाडी र सापडाँडा गरी ७ समुहले भाग लिएका थिए । भाइटिकाको दोस्रो दिन चल्ने यो सराँए मेला २०७१ सालदेखि भने प्रतियोगितात्मक रुपमा चल्दै आएको हो ।

प्रतियोगितामा गेहराज थापाको संयोजकत्वमा गठित ३ सदस्यीय मुल्यांकन समितिले सो मुल्यांकन गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय