मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा यात्रुबाहक विद्युतीय (इभी) गाडी दुर्घटना भएको छ।

बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौंमबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका बेला गाडीमा चालकसहित १३ देखि १४ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ। मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) श्यामबहादुर खत्रीको कमान्डमा तीनवटै सुरक्षा निकायका ४८ जना सुरक्षाकर्मी उद्धार कार्यमा परिचालित भएका छन्।

दुर्घटनामा मानवीय क्षति भए–नभएको र घाइतेको अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा उद्धार कार्य जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय