काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्ने छन् ।
५ खेलमध्ये २ मा जित र तीनमा हार बेहोरेको विराटनगर अंक तालिकाको छैटौं स्थानमा छ भने पोखरा अंक तालिकाको पुछारमा छ ।
यसैगरी आज दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लाइन्स आमनेसामने हुँदैछन । कर्णाली याक्स अंक तालिकाको सातौं स्थानमा छ भने लुम्बिनी लाइन्स अंक तालिकाको तेस्रो स्थानमा छ ।


S.K. Creative Media Group