प्यूठान । मल्लरानी गाउँपालिका-४ स्थित खलंगा आधारभुत विद्यालयमा सरस्वती मन्दिर निर्माण गरिएको छ । स्थानीय भरत कुमार श्रेष्ठको परिवारले निर्माण गरेको मन्दिरको शनिबार प्राण प्रतिष्ठान समेत गरिएको हो ।
सो अबसरमा सहयोगदाता भरत कुमार श्रेष्ठको स्वर्गीय आमा योगमाया श्रेष्ठको शालिक समेत अनावरण गरिएको छ । समाजसेवी श्रेष्ठले विभिन्न सामाजिक कार्यमा योगदान गर्नुभएको छ ।
सोही अबसरमा स्थानीय धमा लक्ष्मी श्रेष्ठले निर्माण गर्नु भएको मन्चको उद्घाटन गरिएको छ । मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दाता परिवारलाई सम्मान गरिएको थियो ।


S.K. Creative Media Group