काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो क्वालिफायरमा आज चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टीमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम लुम्बिनीसंग पराजित भएको थियो भने इलिमिनेटर चरणमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै चितवन दोस्रो क्वालिफायरमा पुगेको हो ।

आजको खेलको बिजेता र लुम्बिनीबीच फाईनल खेल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय