मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैँसेस्थित हेटौँडा–भैँसे सडकखण्डमा यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।

बिहीबार बिहान करिब ८ः३५ बजे रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौंका लागि आउँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो जिप अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार जिप सडकको घुम्तीबाट करिब १० मिटर तल भैँसे खोलामा खसेको थियो। दुर्घटनामा चालकसहित १० जना घाइते भएका थिए।

घाइतेहरूलाई प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो। उपचारका क्रममा बिहान ९ः२० बजे चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

दुर्घटनामा घाइते भएका अन्य सात जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय