प्यूठान । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले मलेसियामा ज्यान गुमाएका एक ब्यक्तिको परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । मलेसियाको इपोबेरामा कार्यरत सल्यान कालिमाटी गाउँपालिका- २ का मेघराज ओलीको रेलको ठक्करबाट निधन भएको बताइएको छ । तर, रेलको लिकभन्दा केही पर झाडीमा ओलीको शव भेटिएको थियो ।

दुखद खबर सुनेपछि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले तत्कालै मृतकको परिवारलाई दुई लाख उपलब्ध गराउने घोषणा गरेको हि । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं प्रवास इञ्चार्ज डा. राजन भट्टराईको आतिथ्यतामा मलेसियामा भएको कार्यक्रममा मञ्चको अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष प्रवासी नेपाली अध्यक्ष सञ्जय थापाले दुखद घडीमा परिवारलाई मल्हम लगाउन सहयोग घोषणा गरिएको जानकारी दिनुभयो। मृतक ओली १५ महिना अघि मात्र मलेसिया आउनुभएको जानकारी प्राप्त भएको प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमालले जानकारी दिनुभयो ।



S.K. Creative Media Group