अर्घाखाँची । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झविलाल थापाले केही अनाधिकृत संस्था वा व्यक्तिले किर्ते हस्ताक्षर गरेर नगरपालिका माथि नै प्रहार गरेको बताउनुभएको छ ।
वडा नम्बर ९ ढिकुराकाे सानोडेभाको चुनढुङ्गा खानीका सन्दर्भमा भूमिकास्थानले चुनढुङ्गा उत्खननका लागि विजया सिमेन्टलाई सिफारिस पत्र उपलब्ध गराएको भनी नगर प्रमुख थापाको हस्ताक्षर भएको कागजात सामाजिक संजालमा देखिएपछि नगरपालिकाले पत्रकार सम्मेलन आयोजना गरि स्पष्ट पारेको हो ।
नगर प्रमुख थापाले उक्त स्थानमा चुनढुङ्गाको उत्खनन गर्नै नहुने भनी कार्यपालिका बैठकले निर्णय गर्दा पनि उत्खनन हुने स्थान सम्मको लागि बाटो खन्ने कार्य गर्नु कानुन र नितिलाइ नटेरेको ठहरिने भन्दै उहाँले आफू कुनै पनि हालतमा उत्खनन गर्न दिने पक्षमा नभएको बताउनु्भयो ।
किर्ते हस्ताक्षर र कागजात तयार गरि सरकारी कागजातकाे दुरुपयोग गर्ने सम्बन्धित व्यक्ति वा संस्थालाई कानुनी कार्वाहीकाे दायरामा ल्याइ कार्वाही गर्ने उहाँको भनाई छ । किर्ते सिफारिस मार्फत विजया सिमेन्टले प्राप्त गरेको चुनढुङ्गा उत्खनन अनुमति पत्र पूर्णरुपले खारेज गरि भूमिकास्थान नगरपालिकालाई जानकारी उपलब्ध गराउन भनी खानी तथा भुगर्भ विभागलाई पत्रचार समेत गरेको नगरप्रमुख थापाले बताउनुभयो ।



S.K. Creative Media Group