बाँके । नेकपा (एमाले) बाँकेको नवौँ जिल्ला अधिवेशन आगामी जेठमा हुने भएको छ । एमाले बाँकेको जिल्ला कमिटीको पूर्ण बैठकले जेठ २ र ३ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।
एमाले बाँकेको आठौँ जिल्ला अधिवेशन २०७८ पुसमा भएको थियो । बैठकले चैत मसान्तभित्र वडा अधिवेशन र वैशाख २० भित्र पालिका अधिवेशन गरिसक्ने निर्णय गरेको छ ।
जिल्ला अधिवेशनका लागि वैशाख २२ गते एकसाथ जिल्लाभर प्रतिनिधि छनौट गरिनेछ । प्रतिनिधि छनोटका लागि पालिका, दलित, सल्लाहकार परिषद् र जनसङ्गठन गरी चार क्षेत्र तोकिएको छ ।
एमाले बाँकेको अध्यक्षका लागि केन्द्रीय लेखा आयोगका सदस्य विजया धिताल, वर्तमान अध्यक्ष किस्मत कुमार कक्षपति, उपाध्यक्ष डिल्ली बिसी, पूर्व अध्यक्ष निरक गुरुङ, प्रदेश कमिटी सदस्य घननाथ खनाल, महिला नेता आरती पौडेलको नाम चर्चामा छ ।



S.K. Creative Media Group