काठमाडौं । वाग्मती प्रदेश सरकारबाट नेकपा (एमाले)
फिर्ता भएको छ ।

नेकपा (माओवादी केन्द्र) नेतृत्वको वाग्मती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको हो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले वाग्मती प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीले संयुक्त राजीनामा लिनुभएको हो । थपलियाले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको पत्र बुझाउनुभएको छ ।

एमालेबाट सरकारमा आर्थिक मामिला मन्त्री थपलियासहित उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्री केशव पोखरेल, स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, ऊर्जा तथा खानेपानी मन्त्री एकालाल श्रेष्ठ सामेल हुनुहुन्थ्यो ।

एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्नुभएको छ । उहाँले प्रदेश सभाबाट विश्वासको मत लिने बताउनुभयो । संविधान अनुसार उहाँले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै वाग्मतीमा पनि सत्ता समीकरण फेरिन लागेको हो । वाग्मतीमा नेपाली कांग्रेस र एमालेको मिलीजुली सरकार बन्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय