सरद बिष्ट
भिंगृ । स्वर्गद्धारी नगरपालिका-३, जलुके स्थित लोक चेतना एकेडेमीको चेतना वाल क्लबले तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
चाडपर्व, रीतिरिवाज, मूल्य र मान्यताको संरक्षण गर्ने उद्धेश्यका साथ शुक्रवार कार्यक्रम गरिएको हो । तीज नृत्य कार्यक्रममा कक्षा १ देखि कक्षा १० सम्मलाई तीन तहमा विभाजन गरि प्रतियोगिता आयोजना गरिएको थियो ।
पहिलो तह अन्तर्गत कक्षा १ देखि कक्षा ३ सम्म, दोस्रो तह अन्तर्गत कक्षा ४ देखि कक्षा ६ सम्म र तेस्रो तह अन्तर्गत कक्षा ७ देखि कक्षा १० सम्मलाई आधार मानेर मुल्याङ्कन गरिएको थियो ।
पहिलो तह अन्तर्गत कक्षा-३ मा पढ्ने आरती के.सी. प्रथम, कक्षा-२ मा पढ्ने तेरिजा वि.सी. दोस्रो र कक्षा-२ मा नै पढ्ने सुहाना विष्ट र एलिना अधिकारी तेस्रो हुनुभएको छ ।
त्यसैगरि दोस्रो तह अन्तर्गत कक्षा-५ वाट आयसा पार्धे र विजया श्रेष्ठ प्रथम, कक्षा-४ वाट गौरव विक दोस्रो र कक्षा-६ वाट जोशिका खड्का तेस्रो हुनुभएको छ ।
त्यस्तै तेस्रो तह अन्तर्गत कक्षा-७ की मनिषा भट्टराई प्रथम, दोस्रो स्थानमा कक्षा-७ मा अध्ययनरत दिव्या पुन र कृति गौतमको समुह भयो भने तेस्रो स्थानमा आकृति खत्री, वर्षा भण्डारी र कक्षा-८ बाट सुमिक्षा श्रेष्ठ हुनुभएको छ ।
बिद्यालयका शिक्षक प्रेम भुषालको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा निर्णायकमा झईन्द्र भण्डारी, केशरी भण्डारी र रमेश पार्धे रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण सि.पी. पौड्यालले गर्नु भएको थियो । कार्यक्रमा सफल तथा बिजयी हुने बिद्यार्थीलाई आईतवार पुरुस्कार बितरण गर्ने संयोजक झईन्द्र भण्डारीले जानकारी दिनुभयो ।





S.K. Creative Media Group