सरद बिष्ट
लाखौ नेपाली चेलीहरुको लागि हरितालिका तीज पर्व सदाको वर्ष झै यो बर्ष पनि निकै हर्ष र उमङग लिएर आएको छ । भोलि त तीज नै भईहाल्यो । जति जति तीज नजिकिदै गयो उति नै चर्चाको शिखर चढ्ने गायिका भइन्, विष्णु माझी । हरेक वर्ष अधिकांश नेपालीलाई विष्णुले तीजका लागि कस्तो गीत ल्याउलिन् भन्ने चासो निकै नै हुन्छ । कतिपयले त सामाजिक सञ्जालमार्फत विष्णुको गीत सुनेपछि बल्ल तीज आएजस्तो लाग्ने प्रतिकृया दिने गर्दछन ।
खासमा, गुमनाम रहेर पनि नेपाली लोक तथा दोहोरी क्षेत्रमा राज गरेकी गायिका हुन् विष्णु माझी । केहि बर्षयता विष्णुले भूमिगत शैलीमा आफ्ना गीत सार्वजनिक गर्दै आएकी छिन । उनी कुन समय स्टुडियामा जान्छिन् र गीत रेकर्ड गराउँछिन् भन्ने कुरा जो कसैलाई थाहा नै हुदैन् । विष्णुले यस वर्षको तीजलाई लक्षित गरी “आइनँ आमा यो तीजमा” शीर्षकको नयाँ तीज गीतले सार्वजनिक भएको ९ दिनमा करोड क्लबमा पुगेको थियो । यो समचार तयार पार्दा सम्म पनि उक्त गीत युटुबमा एक करोड २७ लाखभन्दा बढी पटक हेरिएको छ ।
श्रीमान् सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको यो गीतले युटुबमा २४ घण्टामा सबैभन्दा धेरै पटक हेरिने नेपाली गीतको कीर्तिमानी राखेको छ । १० दिनअघि सपना म्युजिक इन्डस्ट्रिज युटुबबाट सार्बजनिक भएको उक्त गीत एकै दिनमा १५ लाख पटक हेरिएको थियो ।
बुटे चोली धोइछु, छुन्न नभन,
माइत जान्छु राजै, हुन्न नभन ।
हाइ मेरो बलमा
मीठो–मीठो गर्दै बात मायालु,
क्यारी काटौला र रात मायालु ।
हाइ मेरो बलमा
हे आमै जुरेन साइत जाम्ला भनेको
मै छोरी माइत
ओम नम शिवाय ओम नमो नमो
जेलैमा हो जेलैमा चरी जेलैमा
मै छोरी रुदै रुदै बेंसी मेलैमा
आजभोलि प्राय गरेर गाँउघरमा, सवारी साधन, पार्टी प्यालेस र शहरहरुमा पनि के पुरानो ? के नयाँ ? बिष्णु माझीका नै गीतहरु सुन्न रुचाउछन् लाखौ दर्शकहरु । माझीका गीतहरुमा चेलीका वेदनाहरुका कथा छन् । स्वयम् माझीको जीवनमा नै मेल खाने गीतहरु धेरै छन् । खासमा बिष्णु माझीको तीज विशेष गीत सार्वजनिक भएपछि प्राय गरेर अरु तीज गीतहरु ओझेल परेको पाइन्छ ।
स्याङजाली चेली अर्थात जन्मघर स्याङ्जाको चापाकोट नगरपालिका–८ खोरियाघाटमा विष्णु माझीको जन्म भएको थियो । बिष्णुको एक दाइ र बहिनी छन् भने बुबा आमाको निधन भइसकेको छ । दाईले गाँउमै मिस्त्री काम गर्छन् भने बहिनी गायन क्षेत्रमा छिन् भन्ने कुरा बिभिन्न मिडियाले सार्वजनिक गरिसकेका छन् । कक्षा–९ मा पढ्दै गर्दा घर छोडेकी बिष्णु एक समय निकै चर्चामा आइन् । तर, कास्कीको कलाकार सुन्दरमणि अधिकारीसँग बिहे गरेयता भने गुमनाम छिन् । बाहिरी दुनियाँवाट अलग हुने आफ्नै खुशीमा रमाउने यो जोडी का दुई छोरा जन्मिएको कुरा गएको बर्ष जिल्ला प्रशासन कार्यालय स्याङजालाई जानकारी गराएका थिए ।



S.K. Creative Media Group