नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका- १० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति ठक्कर दिएर श्रीमाया मानन्धरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोही बसको ठक्करबाट सात वर्षीय बालक विशाल श्रेष्ठ र बालककी हजुरआमा श्रीमाया मानन्धरलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट गैँडाकोट- ११ का सात वर्षीय विशाल श्रेष्ठको घटनास्थलमा मृत्यु भएको थियो । मृतक बिशालको हजुरआमा श्रीमाया मानन्धर बसको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो ।

घाइते श्रीमायाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताउनुभयो ।

उक्त सडक दुर्घटना बारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ । प्रहरीका अनुसार ठक्कर दिने सवारीसाधन र चालकलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय