काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्य थापाले प्रतिवेदन पेश गर्नुभएको हो ।

प्रतिवेदन पेश गर्दै गोरखा मिडिया नेटवर्कमा सहकारीबाट ८५ करोड रुपैयाँ अवैध रुपमा ल्याइएको सभापति थापाले संसदमा बताउनुभयो । समितिले गोर्खा मिडिया नेटवर्क प्रालीको तर्फबाट सहकारीको रकम अपचलनमा रवि लामिछाने दोषी देखिएको ठहर गरेको छ।

प्रतिबेदन पेश भएपछि सभामुख देवराज घिमिरेले उक्त प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । सभामुख घिमिरेले भन्नुभयो, ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय