सिन्धुली । नेपाली सेनाले सुनकोशी नदीमा खुर्कोट र रामेछाप जोड्ने बेलिब्रिज जडान कार्य सुरु गरेको छ । आश्विन १० गतेदेखि लगातारको वर्षाले सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल बगाएपछि नेपाली सेनाले नयाँ बेलिब्रिज निर्माण थालिएको हो ।
सुनकोशी नदीमा वर्षासँगै आएको बाढिले पुल बगाएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। खुर्कोट र रामेछापको सडक सम्पर्क बिच्छेद भएपछि आवागमनको सहजताका लागि शनिबारदेखि खटिएको प्राविधिकसहितको नेपाली सेनाको टोलीले आइतबारबाट बेलिब्रिज जडान कार्य सुरु गरेको जनाएको छ । सिन्धुलीको गोलन्जोर गाउँपालिका-७, खुर्कोट र रामेछापको मन्थली नगरपालिका-६, जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्गमा पर्ने एक सय मिटर लामो उक्त पुलको रामेछापतर्फ आधा भाग बाढीले बगाएको छ ।
चाडपर्वहरु नजिकिदै गर्दा पुल बनाउँदा काठमाडौंबाट चरिकोट-रामेछाप हुँदै पूर्वी पहाडी जिल्ला आउजाउ गर्ने यात्रुहरूलाई समस्या भएको थियो । नयाँ बेलिब्रिज बन्ने भएपछि काठमाडौंबाट चरिकोट-रामेछाप हुँदै पूर्वी पहाडी जिल्ला आउजाउ गर्न सहज हुनेछ ।
तस्विर : नेपाली सेना





S.K. Creative Media Group