अनिल खत्री 
गुल्मी । गुल्मीमा सफारी जिप दुर्घटना भएको छ । जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर- ५ इन्द्रेगौडामा लु १ ज ४४४८ नम्बरको सफारि जिप दुर्घटनामा परेको हो ।

शुक्रबार बपहान रिडि-बुर्तिवाङ सडकखण्डमा बुटवलबाट गुल्मिको मालिका तर्फ जाँदै गरेको जिप दुर्घटनामा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डिएसपी ) शंकर पोखरेलले बताए । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अन्य १२ जना घाइतेको अवस्था मध्य रहेको डिएसपी पोखरेलले बताउनुभयो । घाइतेहरुको थप उपचारको लागि पाल्पा पठाएको प्रहरीले जनाएको छ । जिप आफै अनियन्त्रित भई बाटो देखि अन्दाजी १० मिटर तल खस्न गई दुर्घटना परेको प्रहरीको भनाइ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय