सन्तोष सुनार
प्यूठान । यूएसआईडि एआरएच कार्यक्रमले स्वर्गद्वारी नगरपालिका भित्रका ६ वटा निजि स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । बुधबार स्वर्गद्वारी नगरपालिकामा रहेको यमुना उपचार क्लिनिक, तारा मेडिकल, स्वर्गद्वारी मेडीकल, जेवी हेल्थ क्लिनिक, नव ज्योती मेडिकल र क्यानन फार्मेसी गरी छ वटा निजि स्वास्थ्य संस्थालाई किशोरकिशोरी मैत्रीपूर्ण स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

स्वर्गद्वारी नगरपालिकामा रहेको किशोरकिशोरी मैत्री प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न यौन संक्रमण, फोहोर व्यवस्थापन, परिवार नियोजनका साधनको प्रयोगमा यूएसआईडि एआरएचले सहयोग गर्दै आईरहेको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो । कार्यक्रममा अटो क्लेव, स्टिल सोफा, फोहोर राख्ने बाकेट, निडिल कटर, सुझाव पेटिका बाकस, पुस्तक राख्ने र्याक, डिस्प्ले बोर्ड लगाएतको सामाग्री स्वर्गद्वारी नगरपालिका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीलाई हस्तान्तरण गरिएको थियो ।

किशोरकिशोरीहरु निजि स्वास्थ्य संस्थाहरुमा बढी मात्रामा प्रजनन सेवा लिन जाने भएकाले उहाँहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उदेश्यले निजि स्वास्थ्य संस्थालाई सामाग्री वितरण गरिएको यूएसआईडि एआरएच कार्यक्रमका अधिकृत माधव खनालले जानकारी दिनुभयो । परिवार योजानको सहि जानकारी र कम उमेरमा हुने बालविवाह रोक्न र परिवार नियोजनाको साधानमा पहुँच बढाउन परियोजनाले सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय