प्यूठान । जिल्लाको प्यूठान नगरपालिकाले विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । हिन्दुहरुको दोस्रो ठूलो चाड दिपावलीको अवसरमा लक्ष्यित परिवारको घरमै पुगेर शुक्रबार प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिले बिपन्न परिवारलाई खाद्यान्न बितरण गर्नु भएको हो ।

प्यूठान नगरपालिका ५ जुम्रीकाढा ठुलोगाउँका १५ बिपन्न परिवारलाई नुन, तेल, चिनी, दाल र चामल बितरण गरिएको प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिले जानकारी दिनुभयो । मेयर योगिका अनुसार पालिकाका अति अशक्त विपन्न र बेसहारा परिवारलाई लक्ष्यित गरि यो कार्यक्रम सुरु गरिएको छ । उहाँले भन्नुभयो, “जनताका समस्या घरदैलोमै पुगेर नजिकैबाट बुझ्ने र समस्या हल गर्ने उदेश्य रहेको छ ।” गाउँमा पुगेर यसरी गरिएको छलफल र भेटघाटले जनताको खास समस्या पहिचान हुने र समस्याको हल खोज्दै कार्यान्वयन गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

प्यूठान नगरपालिकाले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि वार्षिक स्वीकृत मेयर कोष कार्यक्रम अन्तर्गत नगरपालिका भित्रका १० वटै वडाका अति अशक्त, विपन्न र बेसहारा परिवारको पहिचान गरि पहिलो चरणमा खाद्यान्न वितरण सुरु गरिएको मेयर योगिले जानकारी दिनुभयो ।

नगरले मेयर कोष कार्यक्रम अन्तरर्गत प्यूठान नगरपालिका वडा नम्बर १ र २ वडाका विपन्न घरपरिवारलाई खाद्यान्न वितरण अघिल्लो महिनामै गरिसकिएको नगरपालिकाले जनाएको छ । सबै वडामा क्रमश विपन्न परिवारको पहिचान गरि खाद्यान्न हस्तान्तरण गरिने कार्यक्रम रहेको नगरपालिकाले जानकारी दिएको छ ।

बिपन्न परिवार घर आगनमै नुन तेल दाल चामल पाउदा हौसिएका छन् । यो कार्यक्रमले गरिब र दिनदुखीको चुल्हो बालिदिएकोमा खुशी हुँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा जनताले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय