प्यूठान । प्यूठानको गौमुखी गाउँपालिकामा समुदाय स्तरमा कोदोको रक्सी ब्रान्डिङ्ग गर्ने प्रयास सफल भएको छ । पालिकाका समुदायको सक्रियतामा कोदोको रक्सी ब्रान्डिङ्ग गर्ने प्रयास सफल भएको हो ।
गौमुखी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ मा कोदोको मदिरा ब्रान्डिङ्ग गर्न पालिकाले बजेट समेत प्रबन्ध गरिएको गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले जानकारी दिनुभयो । नीति तथा कार्यक्रम र बजेट समेत गाउँ सभाले अनुमोदन गरेको छ ।
स्थानीय तहमा मदिरा ब्रान्डिङ्ग गर्न कतिपय कानुनी जटिलता र अडचनका कारण यो प्रयास सफल हुन नसकेको गाउँपालिका उपाध्यक्ष महाबिर रानाले जानकारी दिनुभयो। स्थानीय सरकारले केन्द्र र प्रदेश सरकारसँग कानुन बाझिने गरि निर्माण गर्न नपाइने र संघ तथा प्रदेश सरकारले आवश्यक कानुन बनाउन नसक्दा यी लगायत थुप्रै कामहरु हुन नसकेको उपाध्यक्ष रानाले बताउनुभयो ।
मुलुकमा व्यवस्था परिवर्तन भएपनि जनताको आवस्यकता अनुसारको कानुन निर्माण गर्न राज्य असफल हुँदा जनतालाई समेत समस्या परेको बताउनुभयो। आवस्यक कानुन र नीतिनिर्माता नगर्दासम्म जनतालाई राहत हुँदैन । उहाँले भन्नुभयो, “जस्ले गर्दा हरेक विषयमा मुलुकले अपेक्षित रुपमा विकासको गति लिन सकिरहेको छैन ।”






S.K. Creative Media Group