प्यूठान । जिल्लाको दुर्गम पालिकाको रुपमा रहेको गौमुखी गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । स्थानीय जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ति र अशक्त ब्यक्तिलाई लक्षित गरेर वडाबाटै भत्ता वितरण शुरु गरिएको हो ।
गौमुखी गाउँपालिका र नेपाल एसबीआई बैंकको सहमतिमा वडाबाट भत्ता वितरण गरिएको छ । १ नम्बर वडाबाट शुरु भएको वितरण कार्य सबै सात वटा वडामा पुगेर गरिने गाउँपालिकाका उपाध्यक्ष महाबीर रानाले बताउनुभयो ।
बैंकबाट भत्ता वितरण गर्दा दु:ख भएको भन्दै सेवाग्राहीले यसअघि आन्दोलन समेत गरेका थिए । आन्दोलनपछि वडामा पुगेर भत्ता वितरण गर्ने सहमति भएको थियो ।
जिल्लाका मल्लरानी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका नौबहिनी गाउँपालिकाले बैंक संगको समझदारीमा गाउँ पुगेर भत्ता वितरण गर्दै आएका छन ।



S.K. Creative Media Group