प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकाको मच्छीमा झिमरुक कृषि पर्यटन तथा उद्योग व्यापार महोत्सव लाग्ने भएको छ। सोमबार लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री तुल्सीराम शर्माले महोत्सवको उद्घाटन गर्ने तयारी भएको आयोजकले जनाएको हो ।
प्यूठान उद्योग वाणिज्य संघ झिमरुक बजार क्षेत्रको मुख्य आयोजनामा संचालन हुन लागेको मेला यहि कार्तिक २६ गतेदेखि मंसिर ८ गतेसम्म १३ दिनसम्म चल्ने छ। मेलाको सह-आयोजकमा खड्क निशान ग्रामीण विकास केन्द्र रहेको छ, भने संरक्षकमा झिमरुक गाउँपालिका रहेको छ।
‘कृषि पर्यटन उद्योग र व्यापार, राष्ट्र निर्माणको बलियो आधार ‘भन्ने मूल मन्त्रका साथ मेला आयोजना गर्न लागिएको व्यापार मेलाका संयोजक एवम् झिमरुक बजार क्षेत्रका अध्यक्ष बोधिराम पोख्रेलले जानकारी दिनुभयो । स्थानीय कला संस्कृति, कृषि, पर्यटन प्रवर्द्धन तथा संस्थागत विकासका लागि मेला आयोजना गरिएको उहाँले जानकारी दिनुभयो।
मेलामा प्यूठान डान्स आइडलका कलाकार, स्थानीय कलाकार तथा राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ। मेलाको आज सोमबार झिमरुक गाउँपालिका-५, स्थित मच्छि बसपार्क छेउमा आयोजना गरिने छ । महोत्सवको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी गराएको छ ।



S.K. Creative Media Group