मित्र थापा
गौमुखी । शैक्षिक सत्र २०८१ मा माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा सुधार्ने उदेश्यले गौमुखी गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको छ । गत वर्षको नतिजा कमजोर भए पछि अबको वर्ष नतिजा राम्रो बनाउन कार्यक्रम गरिएको हो
गौमुखी गाउँपालिकामा रहेका ७ वटा विद्यालयका प्रधानाध्यापकले आफ्नो विद्यालयको नतिजा सुधारको लागि कार्यविधि र रणनैतिक योजना प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले गुरुप्रति नमन गर्दै समाज र विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकको नै बढी जिम्वेवारी रहेकोले जिम्वेवार रहनुहुन अपिल गर्नुभयो । साथै शैक्षिक सत्र २०८१ मा प्रत्येक विद्यालयले एसइइको नतिजामा ८० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सक्षम योजना बनाउन अनुरोध गर्नु भएको छ ।
गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले विद्यालयको शैक्षिक सुधारको लागि आफू सदैव लागि परिरहेको बताउनु भएको छ । उहाँले पालिकाले एसइइ नतिजाको विषयमा गम्भीर हुदै नतिजा सुधार गर्न सहयोग गर्दै आएको बताउनुभयो ।
गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीको अध्यक्षतामा प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदी प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन गौमुखी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेल गर्नुभएको थियो ।
उक्त कार्यक्रममा वडा अध्यक्षहरु, ७ वटा माध्यमिक विद्यालयका प्रधानध्यापक, शिक्षा समिति गौमुखी गाउँपालिका कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।



S.K. Creative Media Group