काठमाण्डौ । पछिल्लो समय नेपाली बजारमो सुनको मुल्यमा निरन्तर गिरावट आएको छ । मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपियाँमा कारोबार भइरहेको जनाएको छ ।अघिल्लो दिन सोमबार १५ हजार नौ सय रुपियाँले घटेर एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भएको थियो ।

 

त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपियाँले घटेको छ । आज चाँदी १८ सय २० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपियाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय