सत्यराज सिंह, बझाङ । बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा एकै परिवारका ३ जना सहित पाँच जनाको ज्यान गएको छ । बझाङको तलकोट गाउँपालिका स्थित धमेनामा बिहीबार राति जीप दुर्घटना हुँदा एकै घर परिवारका तिन जना र मष्टा गाउँपालिका-१ स्थित काेटदेवलमा जिप दुर्घटना हुँदा एक जना सहित पाँच जनाको ज्यान गएको हो ।

दुर्घटनामा तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बम बहादुर धामी, उहाँकी ७२ वर्षीया आमा जौमती देवी धामी, र बमबहादुर धामीको ६ वर्षीया छोरी आकृति धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। प्रहरीका अनुसार जीप चालक केदारस्यु गाउँपालिका-१ का ३३ वर्षीय सम्शेर मल्लको पनि घटनास्थलमै मृत्यु भएको जनाइएको छ। बमबहादुर धामीको छोरीको भने दुर्घटना स्थलबाट उद्धार गरेर थप उपचारका लागि जिल्ला अस्पताल चैनपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी युवराज भण्डारीका अनुसार से १ ज ८४३ नम्बरको जीप तलकोटबाट सदरमुकाम चैनपुरतर्फ जाँदै गर्दा तलकोट गाउँपालिकाको धमेनामा दुर्घटना भएको हो। जीप झन्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ।

त्यस्तै बझाङकाे मष्टा गाउँपालिका- १ काेटदेवलमा जिप दुर्घटना १ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा मष्टा गाउँपालिका-१ रनाडाका ४२ बर्षीय जिप चालक धर्म थापा रहेकाे प्रहरीले जनाएको छ। भातेखाेलाबाट रनाडा जानेक्रममा  सुदुरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरकाे जिप मष्टा गाउँपालिका-१ काेटदेवलमा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ । जिप सडक भन्दा एक सय मिटर तल खसेकाे समेत प्रहरीले जानकारि दिएकाे छ ।

जिपमा चालक थापा मात्रै सवार रहेकाे मष्टा गाउँपालिका-१ का वडाअध्यक्ष रामचन्द्र राेकायाले जानकारी दिनुभयो । दुर्घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय