काठमाडौं । चीनको तीब्बत शिगात्सेबाट ३५ किलोमिटर दक्षिणमा पर्ने लोबुछे क्षेत्रमा केन्द्रबिन्दु भएर ७.१ म्याग्निच्युडको भूकम्प गएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाईटमा उल्लेख गरेको छ।

यस भुकम्पको धक्का बङ्लादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ। हालसम्म कुनै ठूलो क्षति वा घाइतेको रिपोर्ट प्राप्त भएको छैन। थप विवरण आउन बाँकी रहेको छ।

त्यस्तै काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भूभागमा सहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, र मकवानपुर जिल्लामा पनि महसुस गरिएको थियो ।

हालसम्म भुकम्पको कारण कुनै ठुलो क्षतिको विवरण प्राप्त भएको छैन । एकाबिहानै गएको भूकम्पको कारण सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्केका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय