अर्घाखाँची । अपांगता भएकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सन्धिखर्क नगरपालिकाका ६३ वर्षीय एक पुरुषलाई प्रहरीले आइतबार सन्धिखर्कबाट पक्राउ गरेको हो ।
घरमा काम गर्न राखेकी ‘क’ वर्गमा पर्ने अपांगता भएकी युवतीलाई बारम्बार जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुरुषले जबरजस्ती करणी गरेको भन्दै आफन्तले गत जेठ ३२ गते प्रहरीमा जोहरी दिएका थिए । त्यसपछि उनी फरार थिए ।
फरार रहेका ती पुरुष भारतको लखनउबाट घर आउँदै गर्दा सन्धिखर्क बसपार्कबाट पक्राउ परेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी जगन्नाथ मरासीनिले बताउनुभयो । अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको मरासिनीले जानकारी दिनुभयो ।



S.K. Creative Media Group