प्युठान । मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले पालिकाले उत्पादनको आधारमा कृषकलाई अनुदान दिने तयारी गरेको बताउनुभएको छ । आज खलंगा कृषि सहकारी संघको तेस्रो वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष खड्काले किसानले उत्पादन गर्ने कृषि उपजलाई उत्पादनको आधारमा अनुदान दिन लागिएको बताउनुभएको हो ।

अध्यक्ष खड्काले पालिकाले कृषि क्षेत्रको अध्ययनका लागि पालिकाले बजेट बिनियोजन गरेको बताउनुभयो । पालिकाले सदरमुकाम खलंगाको जिल्ला समन्वय अगाडी संकलन केन्द्र तत्कालै संचालन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

 

कार्यक्रममा बिशेष अतिथि धान जोन संचालक समितिका अध्यक्ष श्याम थापाले कृषि पेशालाई ब्यावसायिक रुपमा अगाडी बढाउनुपर्ने बताउनुभयो । उहाँले उत्पादनमा जोडिन सहभागीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा नियमित बचतकर्ता पुनाराम अधिकारी र जेष्ठ सदस्य डिल प्रसाद खनाललाई सम्मान गरिएको थियो । सहकारीका अध्यक्ष इमानसिंह भारतीको अध्यक्षतामा भएको कार्यक्रममा सचिब सपना पोख्रेलले प्रगति प्रतिबेदन र कोषाध्यक्ष गोपाल प्रसाद नकर्मीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय