अनिल खत्री 
गुल्मी । मैत्री बहुउद्देश्यीय सहकारी संस्था तम्घास गुल्मीको अध्यक्षमा शंकरप्रसाद गौतम निर्वाचित हुनुभएको छ । तम्घासमा सम्पन्न २२औं  साधारणसभाबाट गौतमको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा खुमानन्द घिमिरे, सचिव हरिप्रसाद पोखरेल, सह-सचिव ओमबहादुर कार्की, कोषाध्यक्ष  रामबहादुर कुँवर, सह-कोषाध्यक्ष श्री सरिता सुनार विश्वकर्मा निर्वाचित भएका छन् । सञ्सचालक समिति सदस्यहरुमा जङ्गबहादुर नेपाली, चोलराज शर्मा, पुस्पा अर्याल पन्थी,  टेकबहादुर खत्री,  रिता पाण्डे, तिलाचन पाण्डे, जयबहादुर चुँदारा रहनुभएको छ ।

लेखा सुपरीवेक्षण समिति संयोजक शिवराज मरासिनी,  लेखा सुपरीवेक्षण समिति सदस्यहरुमा विष्णुप्रसाद ज्ञवाली, हरिप्रसाद भण्डारी चयन भएका छन् ।०५८ सालमा स्थापना भएको सहकारीमा १४ हजजर जना शेयर सदस्य रहेका छन् । संस्थामा ७५ करोड ८९ लाख ४१ हजार ८ सय ७४ रुपैयाँ कुल पूँजी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय