
नेपालगन्ज । बागेश्वरी असल शासन क्लब (बास) नेपालको अध्यक्षमा शिव कुमार बर्मा निर्वाचित हुनु भएको छ । शनिबार नेपालगन्जमा भएको बास नेपालको दशौं महाधिवेशनमा बर्माले १ सय ६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी सुरेन्द्र शाहीले ३० मत प्राप्त गर्नु भएको छ ।
यसैगरी खुला उपाध्यक्षमा खुमेश सुवेदी १ सय ५९ मत सहित निर्वाचित हुनु भएको छ । उहाँका प्रतिस्पर्धी मणिराम बटालाले ३४ मत पाउनु भयो । महिला उपाध्यक्षमा दिला कुमारी शाह र महासचिवमा कल्पना अधिकारी निर्विरोध निर्वाचित हुनु भयो ।
सचिव खुलामा पाण्डव पुजारा, महिला सचिवमा जोशिना थारु निर्विरोध हुनु भयो । कोषाध्यक्षमा हिरेन्द्र बहादुर शाही १ सय २० मत प्राप्त गर्दै विजयी हुनु भयो । कोषाध्यक्ष पदका अर्का उम्मेदवार तपेन्द्र बहादुर मलातीले ७१ मत प्राप्त गर्नु भएको छ ।
२५ सदस्यीय कार्यसमितिमा सदस्य पदमा निर्बिरोध भएको छ । निवर्तमान अध्यक्ष र कार्यकारी निर्देशक पदेन सदस्य हुने ब्यबस्था छ भने २ जना सदस्य मनोनीत हुनेछन । केन्द्रीय सदस्यमा प्यूठानका जुमान सिंह केसी निर्बिरोध निर्वाचित हुनुभएको छ ।