
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । बिहान करिब ९ बजेर तिर चट्याङ लागेको घाइते भएका भूमिकासाथ नगरपालिका १० लिसेपानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
चट्याङ लागेको खबर पाए लगत्तै प्रहरीले टोली घटना स्थल पुगेर घाइतेलाई तत्काल उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाएको प्रहरीले जनाएको छ ।
बोल्न नसक्ने बेहोसी अवस्थामा रहेका घर्तीलाई अस्पतालले मृत घोषणा गरेको हो । घरमा रहेका अन्य परिवार सकुशल रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ।
गए राती आएको हावाहुरीले अर्घाखाँचीमा घरगोठको छनो उडाएर क्षती पुर्याएको प्रहरीले जनाएको छ।