रोल्प । रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ । बुधबार राति १ बजेको समयमा सुतिरहेको अवस्थामा चट्याङ लागेर सुनिलस्मृति गाउँपालिका-५, काप्जिङ बस्ने १६ बर्षीय धनमाया खत्रीको मृत्यु प्रहरीले जानकारी दिएको छ ।

चट्याङबाट सोहि ठाउँका १५ बर्षका नवीन खत्री र १३ बर्षीय लिला घर्ती घाईते भएका छन् । घाईते नवीनको स्वास्थ्य चौकी क्वालिगाउँमा उपचार भईरहेको र लिला सामान्य घाईते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय