प्यूठान । मल्लरानी गाउँपालिका–४ बुढाचौर स्थित बुढाचौर बालविकास केन्द्रको नयाँ भवन शिलान्यास गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले पुजा गरेर भवनको शिलान्यास गर्नुभएको हो ।
श्रेष्ठको पहलमा उक्त भवन निर्माणका लागि यो वर्ष दश लाख रुपियाँ विनियोज भएको छ । सामाजिक विकास डिभिजन मार्फत ठेक्का प्रक्रिया मार्फत भवन निर्माण अघि बढेको हो । पुर्णिमा कन्ट्रक्सनले सात लाख ६९ हजार १६४ रुपियाँमा ठेक्का प्राप्त गरेको हो । अहिले उक्त भवनको फाउण्डेशन र पिलर ढलानसम्मको काम हुनेछ ।
प्रदेश सभा सदस्य श्रेष्ठले बाल विकास भवनको पूर्णताका लागि आगामी वर्ष समेत बजेट विनियोजन गरिने बताउनुभयो । आगामी वर्ष भवनलाई पूर्णता दिने गरि बजेट विनयोजन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । जिल्लाका अरु ठाउँमा समेत रहेका अधुरा योजनालाई प्राथमिकता दिने गरि नयाँ बजेटमा समावेश गरिने उहाँले बताउनुभयो ।



S.K. Creative Media Group