प्युठान । आगामी आर्थिक वर्षको बजेट तयारीका बीच प्रतिनिधिसभा सदस्य सूर्य थापा प्युठानको समग्र विकासका लागि काठमाडौँमा सक्रिय कुटनीतिक भेटघाटमा जुट्नुभएको छ।

सांसद थापाले शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, र खानेपानी मन्त्रालयका मन्त्री तथा सचिवहरूसँग भेट गर्दै प्युठानका सडक, पुल, आवास, खेलमैदान, खानेपानी र औद्योगिक प्रदर्शनी स्थललगायतका योजनाका लागि बजेट माग गर्नुभएको हो।

उहाँले जिल्लामा शिक्षा, स्वास्थ्य, सडक, पुल, स्वच्छ खानेपानी, सुरक्षित नागरिक आवास, खेलमैदान, भवन, औद्योगिक प्रदर्शनी स्थल, विद्युत लगायतका क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त भएको छ ।

बुधबार उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, सचिव गोपालप्रसाद सिग्देल, उधोग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, खानेपानी मन्त्री प्रदिप यादव लगायतलाई सम्वन्धित मन्त्रालयमा भेट गरी प्युठानको समग्र विकासका लागि सांसद थापाले माग प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय