
प्यूठान । निर्माण व्यवसायी संघ प्यूठानको १२ औं साधारणसभा तथा ६ औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।
अध्यक्षमा नबिन कुमार श्रेष्ठ, महासचिव आर्जुबाबु श्रेष्ठ र कोषाध्यक्ष माधव भण्डारी सर्वसम्मत हुनुभएको छ ।
प्रथम उपाध्यक्ष, दित्तिय उपाध्यक्ष र सचिब पदमा निर्वाचन भएको हो ।
प्रथम उपाध्यक्षमा शाेभाराम न्याैपाने ५५ मत प्राप्त गरि बिजयी हुनुभएको छ भने नारायण ज्ञवालीले ४६ मत पाउनुभयो ।
दित्तिय उपाध्यक्षमा केशव खड्का ६१ मत प्राप्त गरी बिजयी हुनुभएको छ भने बिशेक थापाले ४० मत पाउनुभयो ।
सचिवमा ७७ मत प्राप्त गरेर अर्जुन वि.क. बिजयी हुनुभएको छ भने कृष्ण प्रसाद कर्माचार्यले २३ मत पाउनुभयो ।
त्यसैगरी सदस्यहरु सर्वसम्मत निर्वाचित भएका छन । इन्द्रमणि खनाल, त्रिभुवन सुवेदी, कमल श्रेष्ठ, अर्जुन श्रेष्ठ,राजेन्द्र श्रेष्ठ, प्रविण चन्द्र प्रधान, इन्द्र बहादुर जिसी, राजेन्द्र श्रेष्ठ र धुर्व कुमार विष्ट सदस्यमा निर्वाचित हुनुभएको छ ।