प्यूठान । जिल्लाका कृषकलाई कृषि यान्त्रिकिकरण मर्मत तथा संचालन तालिम दिईएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई प्यूठानले जिल्लाका १८ जना कृषकलाई मेसिन मर्मत तथा संचालन सम्बन्धि तालिम दिएको हो ।
तीन दिनसम्म चलेको तालिममा १ महिला र १७ जना पुरुष सहभागी भएका थिए । ऐरावति गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका रझिमरुक गाउँपालिकाबाट सहभागिता रहेको कार्यालयले जनाएको छ ।
तालिमम्मा प्रशिक्षक राम बहादुर केसी, बिष्णु पौडेल
र बिक्रम पाण्डेले सहजीकरण गर्नुभएको थियो । कार्यालय प्रमुख चुमानसिंह गिरीले तालिमबाट किसानले भोग्दै आएको कृषि यन्त्र उपकरण संचालन गर्दा भोग्नुपरेको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । त्यसको साथै मेसिनहरुलाई दिगो रुपमा चलाउने सिपको बिकास भएको बताउनुभयो ।
“अहिले कृषि उपकरण चलाउन र मर्मत गर्न किसानलाई समस्या हुनेगरेको छ,” उहाँले भन्नुभयो,” पहिले यन्त्र नपाउने समस्या थियो
अहिले धेरै गाउँमा मेसिन छन, चलाउन र मर्मत गर्न सिप छैन । त्यसैले यो तालिम दिएका हौं ।”
तालिमका सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको छ । तालिमका सहभागीले तालिम महत्त्वपूर्ण र फलदायी भएको बताएका छन । उनीहरूले गाउँमा रहेका साना मेसिन मर्मत तथा संचालन गर्ने सिप हासिल भएको बताएका छन ।
मल्लरानी गाउँपालिका-३ का गङगाराम पौडेलले ब्यबहारिक रुपमै फिल्ड्मा सिक्न पाएकोमा खुशी ब्यक्त गर्नुभयो । “प्रयोग हुने औजार, मेसिन बिग्रने कारणबारे थाहा पायौं,” उहाँले भन्नुभयो,”सामान्य मर्मत गर्न सक्ने विश्वास बढेको छ । नियमित मेसिन प्रयोग गर्नेलाई धेरै सजिलो भयो ।”
तालिमपछि गाउँका अन्य किसानलाई समेत सहयोग गर्न सकिने उहाँको भनाई छ । ” हामी मेकानिक बन्ने होइन, आधारभुत ज्ञान हासिल भएको छ ।” उहाँले भन्नुभयो ।




S.K. Creative Media Group