बुटवल । राष्ट्रिय सहकारी अभियान लुम्बिनी प्रदेशको प्रथम भेला बुटवलमा सम्पन्न भएको छ ।
भेलाले लोकेन्द्र सुनार (प्युठान) अध्यक्ष रहनुभएको १३ सदस्यीय अभियानको लुम्बिनी प्रदेश तदर्थ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा सम्झना पौडेल (नवलपरासी), सचिवमा कविराम भट्टराई (रुपन्देही), कोषाध्यक्षमा गिरबहादुर पौडेल (दाङ) तथा सदस्यमा हेमलाल खनाल (अर्घाखाँची), लक्ष्मी कुँवर (रुपन्देही), दिनमणि पौडेल (प्युठान), विष्णु थापा (रुपन्देही), रामप्रसाद गैरे (पाल्पा) र रामबहादुर चमार (कपिलवस्तु) रहनुभएको छ ।
भेलापछिको बैठकले अमरध्वज राना (प्युठान) र केपी पोखरेल (रुपन्देही) लाई सल्लाहकारमा चयन गरेको छ ।
निर्वाचित समितिको तर्फबाट अध्यक्ष सुनारले समग्र टिमको गतिशीलताबाट प्रदेशमा सङ्गठन विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
केन्द्रीय अध्यक्ष गङ्गालाल सापकोटाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।



S.K. Creative Media Group