दाङ । लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा डडेल्धुराबाट काठमाडौँतर्फ जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस पुलबाट खोलामा खस्दा दुर्घटना भएको छ । आज बिहान करिब ३ बजे बस दर्घटनामा परेको हो ।
दुर्घटनास्थलबाट २२ जना घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशनराज पाण्डेयको टोलीले उद्धार गरी लमही अस्पताल पठाएको छ । घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको छ । २२ जना घाइतेलाइ उपारको लागी लमही अस्पताल लगिएको छ ।
जस मध्ये २ जनालाइ थप उपचारको लागि बाहिर पठाउनुपर्ने हुनसक्ने प्रहरी निरिक्षक पाण्डेले जानकारी दिनुभएको छ । बस दुर्घटनाको कारण के हो भनेर अनुसन्धान पनि भइरहेको उहाँले जानकारी दिनुभयो ।
बसमा ३८ जना सवार थिए । पट्टा भाँचिएर बस दुर्घटनाम परेको प्रारम्भिक बयान प्रहरी समक्ष बस चालकले दिएका छन ।



S.K. Creative Media Group