प्युठान । जिल्लाको गौमुखी क्याम्पस मच्छिको १९ औं साधारण सभा सम्पन्न भएको छ । बुधबार झिमरुक गाउँपालिका-५ मच्छी स्थित क्याम्प प्राङ्गणमा विभिन्न कार्यक्रमको आयोजना गरी १९ औं साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री शैक्षिक क्षेत्र समाज हुँदै मुलुकको रुपान्तरणको मुख्य माध्यम भएकोले सबै तहका सरकारले लगानीको दायरा फराकिलो बनाउनुपर्ने बताउनुभयो ।
बिद्यालय तथा क्याम्प तहमा शिक्षाको गुणस्तर वृद्धि गर्न एक्लो पर्यासले मात्र नहुने भन्दै आम अभिभावक, शिक्षक, बिद्यालय ब्यवस्थापन समिति र बिद्यालय प्रशासन एकाकार भएर लागेमात्र सम्भव हुने अध्यक्ष एमसीले बताउनुभयो ।
गत आर्थिक वर्षदेखि पालिकाले क्याम्पसमा पढ्ने विद्यार्थीलाई निस्शुल्क पठनपाठन गराउदै आएको बताउनुभयो । निस्शुल्क गरेपछि क्याम्पमा विद्यार्थी संख्याना वृद्धि भएको क्याम्पसको प्रगति रिपोर्टले देखाएको छ ।
कार्यक्रममा पालिका उपाध्यक्ष प्रमोद पोख्रेलले व्यवहारिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको औल्याउँदै डिग्री मात्र प्राप्त गर्ने होइन कि हामिले उत्पादन गरेका जनशक्ति विश्वबजारमा बिक्ने गरी उत्पादन गर्नुपर्ने बताउनुभयो ।
स्थानीय सरकारले निस्शुल्क पठनपाठनको लागि लगानी गरेको छ। उहाँले भन्नुभयो, “अब प्रतिफलमा हेर्नुपर्ने हुन्छ।” हामिले उत्पादन गरेका विद्यार्थी जहाँ गएपनि बिक्ने र टिक्ने खालको जनशक्ति उत्पादनमा ख्याल गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा निवर्तमान गाउँपालिका अध्यक्ष तिलक बहादुर जिसीले क्याम्पसको चौतर्फी बिकासमा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले पाठ्यक्रम सहित सन्दर्भ सामाग्री लाइब्रेरीमा पाउने बाताबरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । विद्यार्थी संख्या वृद्धि भएको देखिएको छ तर यसलाई दिगो शिक्षालाई गुणस्तरीय बनाउन हातेमालो गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा पुर्व क्याम्पस प्रमुख सेरबहादुर जिसी, क्याम्पका प्राध्यापक बालाराम पोख्रेल, बालशिक्षा माबिका प्रधानाध्यापक ऋषिराम पोख्रेल, संस्थागत सदस्य ज्ञानेन्द्रराज भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रणबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री रहेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख एकराज पौडेल क्याम्पसको वार्षिक प्रगति प्रतिबेदन र आर्थिक प्रगति प्रतिबेदन साधारण सभामा प्रस्तुत गर्नुभएको थियो । २०६३ सालमा स्थापन गरिएको क्याम्पसमा हालसम्म ४०६ जना विद्यार्थीले पास हुन सफल भएका छन।
साधारणसभा कार्यक्रममा निवर्तमान गाउँपालिका उपाध्यक्ष पबित्रा जिसी, जनप्रतिनिधि, व्यवस्थापन समिति, शिक्षा प्रेमी, बुद्धिजीवी, संस्थापक, शिक्षक, बिद्यार्थी लगायतको उपस्थिति रहेको थियो भने विद्यार्थीले नृत्य गित प्रस्तुत गरेका थिए ।





S.K. Creative Media Group