![](https://saharakhabar.com/wp-content/uploads/2023/11/received_1065540088222588.jpeg)
प्युठान । समुदायमा गठित सामुदायिक बिपद ब्यबस्थापन समितिहरुकाे सिकाइ आदानप्रदान कार्यशाला कार्यक्रम सम्पन्न भएकाे छ । प्युठान, नवलपरासी पूर्व र रुकुम पूर्व जिल्लाहमा संचालित समुदायकाे अगुवाइमा बिपद जाेखिम न्युनिकरण परियाेजना अन्तर्गत समुदायमा गठित सामुदायिक बिपद ब्यबस्थापन समितिहरुकाे सिकाइ आदानप्रदान कार्यशाला प्युठानमा भएको हो ।
जापनिज रेडक्रस सोसाइटीको सहयोग, नेपाल रेडक्रस सोसाइटीको समन्वय र जिल्ला शाखाको आयोजना भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यक्रम संयोजक डम्बर बहादुर बिष्ट, जापनिज रेडक्रस सोसाईटीका परियोजना संयोजक शुसिल प्रसाद सुबेदीले सहजीकरण गर्नुभएको थियो ।
२ दिने कार्यशालामा परियोजनाको उपलब्धि, सिकाई आदान प्रदान र आगामी योजनाको बारेमा छलफल गरिएको छ । कार्यशालामा तीन जिल्लाका ३४ जना सहभागी थिए ।