प्यूठान । प्रेस युनियन प्यूठानको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न नवौं जिल्ला अधिबेशनले पदम सुबेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा बिमल प्रसाद पोख्रेल, महिला उपाध्यक्षमा शुसिला बुढा, सचिवमा सागर रिजाल, कोषाध्यक्षमा प्रमोद ओली र सहसचिवमा बिन्दु परियार चयन हुनुभएको छ ।
त्यसैगरी कार्यसमिति सदस्यमा भिमकला कवर, रेखा खत्री, झइन्द्र भण्डारी, राजन केसी र विशाल विश्वकर्मा चयन भएका छन ।
अधिबेशनले प्रदेश परिषद सदस्यमा राजेश जि.सी., बिन्दु परियार, विष्णु प्रसाद न्यौपाने, टुकमान रोका क्षेत्री र रबिन बि.क.लाई चयन गरेको छ ।
संघीय महाधिवेशन प्रतिनिधिमा श्रीराम भण्डारी, मधुसुदन भण्डारी, शम्सेर विक्रम जि.सी. र जोगेन्द्र बहादुर मल्ल, नर्मदा भट्ट, केसब श्रेष्ठ प्रतिनिधि चयन भएका छन ।


S.K. Creative Media Group