प्यूठान । प्यूठानको ऐरावतीमा जिल्ला ‘बरौला प्रिमियर लिग सिजन २’ आयोजना गरिएको छ । सेभेन स्टार विकास केन्द्रको आयोजनामा यहि असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म प्रतियोगिता संचालन हुन लागेको हो ।

ऐरावती गाउँपालिका वडा नं. ५, झिबाङस्थित ऐरावती क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ११ हजार १११ पुरस्कार प्राप्त गर्नेछ । त्यसैगरी, उपविजेता टोलीले नगद ५५ हजार ५५५ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूका लागि पनि विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ । प्लेयर अफ दि टुर्नामेन्टका लागि ४ हजार ४४४ रुपियाँ, बेस्ट बलरका लागि ३ हजार ३३३ रुपियाँ, बेस्ट ब्याट्सम्यानका लागि ३ हजार ३३३ रुपियाँ पुरस्कार राखिएको छ ।
आयोजकका अनुसार सबै खेलहरू १५ ओभरका हुनेछन । प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि टिम दर्ता शुल्क ७ हजार ७७७ तोकिएको छ । प्रत्येक टिममा बढीमा १५ जना खेलाडी हुनुपर्ने र एउटा टिममा जिल्ला बाहिरका बढीमा ४ जना खेलाडी मात्र समावेश गर्न पाइने नियम बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय