काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ । बुधबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आह्वान गरेको बैठक सुरु भएको हो ।
सिंहदरबारस्थित रास्वपाको संसदीय कार्यालयमा सुरु भएको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।
अघिल्लो सर्वदलीय बैठकमा रास्वपा सभापति लामिछानेले संयन्त्र गठनको प्रस्ताव गर्नुभएको थियो । तर अहिलेसम्म गठन हुन सकेको थिएन ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो ।
सर्वदलीय बैठकमा रास्वपा सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, एमाले सचिव पद्मा भुसाल, नेकपा सहसंयोजक माधवकुमार नेपाल र वर्षमान पुन, राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाही, जसपा नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत नेताहरु सहभागी रहेका छन् ।


S.K. Creative Media Group