प्यार अली खान
प्युठान । प्यूठानकाे सरुमारानी गाउँपालिकाको बड्डाँडा नजिक विङ्गर दुर्घटना भएको छ । बुधबार दिउँसो सरुमारानी गाउँपालिका-४ बड्डाडामा विङ्गर गाडी दुर्घटनामा एकै घरका ७ जना सहित १४ जना घाइते भएका छन् ।
जिल्लाको बाग्दुलाबाट भालुवाङका लागि छुटेको लु २ ख ३०९३ नम्बरको गाडी सडकबाट झण्डै एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिनुभयाे ।
दुर्घटनामा एकै परिवारका ७ जना सहित १४ जना यात्रु घाइते भएका प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते हुनेमा शिवराज नपा-१, बस्ने बर्ष ५८ का अने सुनार, उहाँकी छाेरी बर्ष २० की साबित्रा सुनार रहेको प्रहरीलेले जनाएको छ । उहाँहरूलाई भालुवाङमा समान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीको भनाइ छ।
त्यस्तै अन्य घाइते हुनेहरूमा साेहि ठाउँ निवासी बर्ष २१ का रिखे सुनार, बर्ष १५ का निमप्रसाद सुनार, बर्ष ३६ का बलबहादुर सुनार, निजकी श्रीमती बर्ष ३४ की संगिता सुनार, रूपन्देही जिल्ला गैडहवा गाउँपालिका-७, बस्ने ४७ वर्षीय तीलबहादुर गिरी, उहाँको श्रीमती ४६ वर्षीय बिष्णुमाया गिरी, राप्ती गाउँपालिका-२, लालमटिया निवासी ३५ वर्षीय जानका आचार्य र घाेराही उप-महानगरपालिका-९, नारायणपुर निवासी भुमिराम उपाध्याय रहेका छन् ।
त्यस्तै ठेगाना नखुलेका अन्य घाइतेहरू मध्य श्रृष्टि आलेमगर, निमप्रसाद खनाल, झग्गुप्रसाद न्याैपाने र श्याललाल न्याैपाने प्रहरीले जनाएकाे छ । घाइतेहरू मध्ये केहीलाई थप उपचारका लागि बुटवल र भैरहवा पठाईएकाे छ । सामान्य घाइतेलाई भालुवाङ स्थित स्वास्थ्य चौकीमा समान्य उपचार पछि घर पठाईएकाे प्रहरीले जनाएकाे छ ।



S.K. Creative Media Group