प्यूठान । गौमुखी गाउपालिकामा हुने बिधुत अनियमितता तथा बिधुतबिस्तारका लागि नेपाली कांग्रेस गौमुखी गाउँपालिकाले बिधुत प्राधिकरण बितरण केन्द्र प्युठानमा  ज्ञापनपत्र बुझाएको छ ।   गाउँपालिकामा लामो समयदेखि देखिँदै आएका विद्युत आपूर्ति सम्बन्धी गम्भीर समस्याप्रति  कार्यालयको ध्यानाकर्षण गराउदै  गौमुखी गाउँपालिका प्युठान जिल्लाको दुर्गम क्षेत्र भएकाले यहाँका नागरिकले नियमित तथा गुणस्तरीय विद्युत सेवा प्राप्त गर्न कठिनाइ भोगिरहेकाे प्रति ध्यानाकर्षण गराएको हो ।

ज्ञापनपत्रमा मुख्यतया  साँझ ६:०० बजेदेखि राति १०:०० बजेसम्म अघोषित लोडसेडिङका कारण पटक-पटक विद्युत आपूर्ति अवरुद्ध हुने,  अधिकांश स्थानमा रूख तथा बोटबिरुवाले विद्युतका तार छोएका कारण विद्युत आपूर्तिमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम बढ्नु , विद्युत बारम्बार आउने-जाने (भोल्टेज उतारचढाव) हुँदा सरकारी तथा निजी कार्यालय, विद्यालय र अन्य सेवा प्रदायक संस्थाहरूको दैनिक सेवा प्रवाह प्रभावित भई सेवाग्राहीले सास्ती व्यहोर्नु परेको उल्लेख छ ।

त्यसैगरी बारम्बार लाइन जाने-आउने कारण बल्ब, विद्युतीय उपकरण तथा घरभित्रको वायरिङसमेत क्षति हुने समस्या र अर्थिङ प्रणालीमा समस्या भएकोले  उचित अर्थिङ नभएर विद्युतीय सुरक्षा जोखिम बढ्नु जस्ता  समस्याहरूको दीर्घकालीन र प्रभावकारी समाधानका लागि ध्यानाकर्षण गराइएकाे  काङ्ग्रेस गौमुखी गाउपालिका सभापति मधुराम केसिले बताउनुभयो ।

समस्या समाधानकाे  कार्यमा नेपाली कांग्रेस गौमुखी गाउँपालिका र स्थानीय समुदायबाट आवश्यक समन्वय तथा सहयोग गर्न तयार रहेको समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।  पछिल्लो समय प्युठान जिल्लामा बिधुत अनियमितताकाे समस्या धेरै देखिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय