प्यूठान । प्यूठानमा मोटरसाइकलले बालकलाई ठक्कर दिएर घाइते भएका छन । बुधबार बिहान प्यूठान नगरपालिका-९, मजुवामा सडकमा खेलिरहेका ७ वर्षिय बालक विवस सुनारलाई रा २ प ६१७२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।
घाइतेको स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरि उपचारका लागि प्युठान अस्पताल बिजुवार पठाइएको छ । मोटरसाइकल मरण्ठानाको ठुलासिमबाट बाग्दुला जाँदै गरेको स्थानीयले बताएका छन ।
घाइले बालक र बालकको परिवार प्युठान नगरपालिका-९ मजुवामा डेरा गरेर एक हप्तादेखी बस्दै आएका थिए । घाइते बालकको स्थायी ठेगाना झिमरुक गाउँपालिका-७ तुषारा रहेको बुझिएको छ । दुर्घटना बारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।
मोटरसाइकल चालक प्युठान नगरपालिका-९, का अर्जुन सुनार रहेको प्रहरीले जनाएको छ । अहिले चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।


S.K. Creative Media Group