काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ । ललितपुर ग्वार्को रहेको इपीएस कार्यालयमा आन्दोलनरत परीक्षार्थीले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका हुन ।

आगजनीबाट गाडीमा पूर्ण रुपमा‍ क्षति पुगेको छ । इपीएस अन्तर्गत कोरिया जान सीप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले म्यानुफ्याक्चरमा आफूहरूले पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका छन ।

यसअघि सीप बिल्डिङमा आवेदन दिएका तथा परीक्षा दिएकाहरूले म्यानुफ्याक्चरमा आवेदन दिन नपाउने नयाँ नियम आएसँगै उनीहरू आन्दोलित भएका हुन् । ३२ हजार परीक्षार्थीहरू भविष्यमाथि खेलवाड भएको भन्दै इपीएस सीप बिल्डिङ पीडितहरू आन्दोलित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय