मित्र थापा
गौमुखी । गौमुखी गाउँपालिका वडा नम्वर २ अर्खा प्युठान स्थित गौमुखी संरक्षण तथा सामुदायिक विकास केन्द्रको आयोजनामा माघे संक्रान्ति गौमुखी मेलाको अवसरमा खेलकुद तथा विविध सांस्कृतिक कार्यक्रम गरी आज सम्पन्न भएको छ । माघे संक्रान्ति गौमुखी मेला २०८२ को अवसरमा शुरु भएको कार्यक्रमको सोमबार एक कार्यक्रमकाबीच समापन गरिएको हो ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम राेयल ढुवानी सेवा बाग्लुङ, दित्तिय तिखाचुली युवा क्लब रजवारा प्युठान र तृत्तिय राेएल मदाने गुल्मी भएका छन । विजयी समुहले क्रमश: ६० हजार , ४० हजार र २० हजार रुपियाँ सहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।
महिला भलिबल तर्फ प्रथम ब्रेभ युथ युवा क्लव रजवारा प्युठान, दित्तिय आयोजक टिम र तृत्तिय देउरालि ग्रीन यूवा क्लव अर्खा प्यूठान भएका छन । विजयी समुहले क्रमश: २४ हजार रुपैयाँ , १८ हजार रुपैयाँ र १२ हजार रुपियाँ सहित कप ,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् ।
पुरुष भलिबल तर्फ २१ टीम र महिला भलिबल तर्फ ६ टीम सहभागी भएको खेलमा बागलुङ, गुल्मी र प्युठानबाट सहभागी भएको आयोजकले बताएको छ ।
समापन कार्यक्रममा विजयी समुह तथा खेलाडीलाई पुरस्कार तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लवका कार्यक्रम संयोजक मुक्त बहादुर रानाले बताउनुभयो ।
माघ १ गते देखि सञ्चालन भएको कार्यक्रममा आमा समूह कुर्चि दाैड प्रतियोगिता तर्फ प्रथम पुजा थापा मगर, दित्तिय खुमा पुन मगर र तृतीय कल्पना बुढा मगरले क्रमश २ हजार,१ हजार पाँच सय र १ हजार नगद रकम सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
त्यसैगरि दौड प्रतियोगिता तर्फ प्रथम ज्ञानेन्द्र बुढा मगर
दित्तिय भिष्म पुन र तृतीय रमेश पुन ले क्रमश ३ हजार पाँच सय,२ हजार पाँच सय र १ हजार पाँच सय,नगद रकम ,मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।
खेलकुद विकास समिति गौमुखी गाउँपालिका अध्यक्ष
भलिबल संघ प्यूठानको महासचिव प्रदिप शाही प्रमुख आतिथ्यतामा क्लवका उपाध्यक्ष तुलविर पुनको अध्यक्षतामा सम्पन्न भएको समापन कार्यक्रम रमेश बुढाले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा सहयोगी दाताहरु लाई मायाको चिनो खेलमा अनुशासित र उत्कृष्ट खेलाडीलाई सम्मान समेत गरिएको छ ।



S.K. Creative Media Group