प्यूठान । बाग्दुला-बाहाने सडकखण्ड अन्तरगत ताल नजिकै भएको दुर्घटनामा घाईते एक जनाको उपचारका क्रममा ज्यान गएको छ ।
नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ सरिमा निवासी १८ वर्षीय कुशल गौचनकाे उपचारको क्रममा मृत्यु भएको हो । गौचन जनता माबि बाग्दुलामा कक्षा ११ मा अध्ययनरत थिए ।
बाग्दुला बाट बाहाने तर्फ जाँदै गरेको रा. १ झ.२३६ नम्बर को एम्बुलेन्स र दम्ती देखि बाग्दुला तर्फ आउदै गरेको लु. ३७ प.७०२४ को मो. सा. एकआपसमा ठोक्किएको थियो ।
दुर्घटनामा प्यूठान नगरपालिका-८ गेजवाङ बस्ने १७ वर्षीय सलिम थापा सामान्य घाइते भएका छन ।



S.K. Creative Media Group